काठमाडौं । ११ वर्षकी पिक्सी कुर्टिसले आफ्नो १२ औँ बर्थडेमा केवल जन्मोत्सव मात्र मनाउने छैनिन् विदाई पार्टी पनि गर्ने योजना बनाएकी छिन् । आगामी अगष्ट १५ मा पिक्सीले १२ औँ बर्थडेकै दिन आफ्नो दशौँ लाख डलरको कम्पनीको सीईओ पदबाट राजीनामा दिनेछिन् ।

यो यथार्थ घटना अष्ट्रेलियामा भएको हो । आफ्नो स्कुल शिक्षामा केन्द्रित हुने भन्दै यी ११ वर्षीया उद्यमी बालिकाले फस्टाइरहेको आफ्नो व्यवसायबाट अवकास लिने निर्णय गरेकी छिन् र आफ्नो १२औँ बर्थडेमा रिटायरमेन्ट पार्टी पनि गर्ने भएकी छिन् ।

उनी पिक्सी फिजेट्स नामक खेलौना कम्पनीकी सीईओ हुन् । उनले आफ्नी आमा रोक्सी ज्यासेन्कोसँग मिलेर सन् २०२१ मा उक्त कम्पनी स्थापना गरेकी थिइन् ।

कोरोना महामारीका बेला खरीद गरेर ल्याएका खेलौनाहरु बेच्ने कामबाट सुरु गरेको उनको कम्पनीले पछि आफ्नै फिजेट स्पिनरको उत्पादन र बिक्री सुरु गर्‍यो । उनको कम्पनीले पहिलो पटक उत्पादन गरेका फिजेट स्पिनर सार्वजनिक भएको ४८ घण्टामै सबै बिक्री भएपछि उनी हौसिएकी थिइन् र पहिलो महिनामै उनले १ लाख ४० हजार डलर आम्दानी गरेकी थिइन् ।

समाचार अनुसार अहिले उनले टोए बिक्रीबाटै अहिले पनि मासिक १ लाख ३३ हजार डलर आम्दानी गर्दछिन् ।

आफ्नो बर्थडे तथा अवकास पार्टीमा आउने व्यक्तिहरुलाई दिनका लागि उनले उपहार ब्याग तयार पारेकी छन् । हरेक ब्यागमा स्क्रिनकेयर प्रडक्ट तथा लिप ग्लो ट्रिटमेन्ट प्रडक्ट लगायतका गरी करीब ५० डलर मूल्य पर्ने सामान राखिएको उनले इन्स्टाग्राममा देखाएकी छिन् । एजेन्सीको सहयोगमा