काठमाडौँ। नेपालको अटोमोबाइल क्षेत्र पछिल्ला केही वर्षमा तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ।नीतिगत स्पष्टता, पूर्वाधार विकास, बैंकिङ सहुलियत र बजार स्थायित्वजस्ता विषयहरू अझै पनि चुनौतीकै रूपमा रहेका छन्।

अटोमोवाइल क्षेत्रमा आर्थिक सुस्ततासंगै अटो सेक्टर मैत्री नीतिको अभावले गर्दा समग्र अटोमोवाइल बजारमा ठुलो गिरावट आएको छ। राज्यको अस्थिर नीतिका कारण अटो व्यवसायीहरु नै पलायन हुने अवस्था सृजना भएको छ।

यस्तो परिवेशमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा आएको नयाँ टिमप्रति चासो र अपेक्षा दुवै बढ्दै गएका छन्। यही सन्दर्भमा नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग आर्थिक भ्वाईसका सम्पादक बिजय फुयाँलले अटो मोबाइल क्षेत्रका समसामयिक विषयमा कुराकानी गरेका छन्।

प्रस्तुत छ नाडाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश

देशमा नयाँ सरकार आउँदैछ, नयाँ सरकारसँग अटोमोबाइल क्षेत्रलाई लिएर के कस्ता अपेक्षा गर्नुभएको छ ?

नयाँ–पुरानो सरकारभन्दा पनि अटो क्षेत्रका समस्याहरूको सम्बोधन हुनुपर्छ भन्ने प्रमुख विषय हो। अटोमोबाइल क्षेत्रले देशको पूर्वाधारसँगै सरोकार राख्ने भएकाले नयाँ–पुरानो जुनसुकै सरकार आए पनि अटो क्षेत्रका समस्या समाधान हुनुपर्छ भन्ने मेरो बुझाइ हो।

पछिल्लो समय मध्यपूर्व तनावले गर्दा तेलको मूल्य बढ्नाले समग्र अर्थतन्त्रमै प्रभाव परिरहेको छ, यसको प्रभाव इभी बजारमा चाहिँ कस्तो परिरहेको छ ?

पछिल्लो समयको तथ्यांक हेर्ने हो भने नेपालमा इभीको ७३ प्रतिशत पेनिट्रेसनमा छौँ। तेलको मूल्य बढेकाले इभीप्रतिको आकर्षण झन् बढ्दै गएको छ। त्यसैले अबको विकल्प भनेकै इभी हो।

हिजोका दिनमा पेट्रोल पम्पमा देखिने लामो लाइन केही हदसम्म इभीको प्रभावले कम गर्न ठूलो मद्दत गरेको छ। मध्यपूर्वको प्रभावलाई हेर्दा भोलिको दिनमा इभीमा कस्तो मूल्यवृद्धि हुन्छ भन्ने निश्चित छैन। तर आजको तेलको परनिर्भरताको समस्याबाट चाहिँ हामी इभीकै कारणले बच्न सम्भव छ।

वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूबाट अटो कर्जा सहजै पाइने अवस्था छ कि छैनरु राष्ट्र बैंकसँग कुनै नीतिगत सुधारको अपेक्षा छ ?

राष्ट्र बैंकसँग हाम्रो अपेक्षा भन्दा पनि साधारण माग छ। जस्तै मैले अघि पनि भनेँ, एउटा आम नागरिकलाई गाडी चढ्नबाट वञ्चित गर्न हुँदैन, त्यति चाहिँ सक्षम बनाउनु पर्छ। सरकारले कि त मास ट्रान्सपोर्टेसनको विकास गर्न सक्नुपर्‍यो। मोनोरेलदेखि सबै ठाउँमा सजिलै यात्रा गर्न सक्ने बनाउन सक्नुपर्‍यो।

राष्ट्र बैंकको सम्बन्धमा चाहिँ बैंकिङ प्रणालीमा उत्पादनशील र अनुत्पादनशील क्षेत्रमा अटो कर्जालाई अनुत्पादक क्षेत्र भनेर प्राथमिकतामा राखिएको छैन, त्यसले गर्दा अटोमोबाइल क्षेत्रमा गम्भीर असर परेको छ।

बालेनको मन्त्री मण्डलमा अर्थको कमाण्ड स्वर्णीमलाई, अन्य को को छन् मन्त्रीको सूचीमा ?

युवाहरूको आजको सपना घरभन्दा पनि गाडी भएकाले त्यसलाई प्राथमिकतामा राख्न सक्नुपर्छ। त्यसकारण हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ६० बाट ८० प्रतिशत बनाउनुपर्छ।

केही समय अगाडि जेनजी आन्दोलनको प्रभाव पनि अटो बजारमा परेको थियो। अब नाडाले आगामी दिनमा अटो बजारलाई सुरक्षित बनाउन के कस्ता कदम चाल्ने छ ?

जेनजी आन्दोलनको प्रभाव अटोमोबाइल मात्र होइन, सबै क्षेत्रमा पर्यो। त्यसलाई परिवर्तनको रूपमा लिनुपर्छ। त्यो परिवर्तन आवश्यक थियो। जेनजी आन्दोलनको माग सुशासनको स्थापना गर्नु हो।

हामीले बुझ्नुपर्ने कुरा के हो भने सडक भएपछि गाडी आफैं चल्छ। सडकमा सुरक्षित यात्रा गर्न सक्ने बनाउनु पर्छ। आज गाडी लिएर पूर्वबाट पश्चिम जाँदा ढुंगा झरेर मान्छे मर्न सक्छ भन्ने अवस्थाबाट हामी बच्नुपर्छ। समान अधिकार सबैलाई हुनुपर्छ। त्यसैले आन्दोलनलाई सकारात्मक रूपमा लिनुपर्छ र देशमा सिस्टम बसाउनुपर्छ।

नेपालमा इभीको भविष्यलाई नाडाले कसरी हेरिरहेको छ ?

अबको भविष्य भनेकै इभी हो भन्ने कुरा सबैले स्वीकार्नुपर्छ र स्वीकारिसकेको अवस्था पनि हो। हिजोका दिनमा इभीका लागि चार्जिङ स्टेसन छैन, यो छैन त्यो छैन भनिन्थ्यो, तर आजको समयमा सबैले इभीलाई अंगालिरहेको अवस्था हो।

टाटा इभी प्रयोगकर्ताका लागि सर्भिस नेटवर्कदेखि वारेन्टीसम्मका सुविधा, नेपालभर सिप्रदीको सञ्जाल

एउटा सामान्य चार्जिङ स्टेसन खोल्दा पनि त्यहाँ मान्छेले रोजगारी पाउँछ। त्यसैले समग्र आर्थिक चेन हेर्न सक्नुपर्छ। नयाँ प्रविधि र नवप्रवर्तनलाई हामीले स्वागत गर्नुपर्छ।

चार्जिङ स्टेसनको कुरा गर्नुपर्दा सरकारले इभी पूर्वाधारमा ध्यान दिन नसकिरहेको जस्तो पनि देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

चार्जिङ स्टेसनभन्दा पनि चार्जर किन्न सहज बनाइदिनुपर्‍यो। सहुलियतदेखि लिएर सरकारले चाह्यो भने धेरै कुरा गर्न सक्छ। भन्नुको अर्थ इभी पूर्वाधारदेखि लिएर हरेक कुरामा सहज वातावरण बनाउनुपर्छ भन्ने हो।

आजको दिनमा सडकमा इभी गाडी चल्दा ध्वनि प्रदूषण घटेर गएको छ। वायु प्रदूषण घटाउन पनि इभीको भूमिका उत्तिकै महत्वपूर्ण छ। यसले हरित अर्थतन्त्र निर्माणमा ठूलो योगदान दिएको छ। प्रकृतिलाई त बचाउनुपर्‍यो नि सबैले।

नेपालमा उत्पादनमुखी अटोमोबाइल उद्योगको सम्भावना कस्तो छ ?

आजको दिनमा चार–पाङ्ग्रे गाडीको असेम्ब्ली पहिले नै भइरहेको छ। दुई–पाङ्ग्रे र तीन–पाङ्ग्रे गाडीको असेम्ब्ली पनि लगभग पूर्ण रूपमा नेपालमै भइरहेको छ। धेरै स्कुटर पनि नेपालमै असेम्ब्ली भइरहेका छन्।

नेपालमा धेरै पार्ट्स उत्पादन भइरहेको अवस्था हो। ब्याट्री, टायर, हेल्मेटजस्ता उत्पादनहरू नेपालमै बनिरहेका छन्। यदि सरकारले यस्ता उद्योगहरूलाई प्रोत्साहन दिन सके, असेम्ब्ली मात्र नभई पूर्ण रूपमा इभी उत्पादन नेपालमै सम्भव छ।
हामीले हरेक कुरा बनाउँछौँ भनेर जानुहुँदैन। उपलब्ध स्रोत प्रयोग गरेर असेम्ब्ली उद्योग खोल्न सकिन्छ। अझै पनि नयाँ उद्योग खुल्दैछन्।

नेपालमा निर्यात गर्ने लक्ष्यभन्दा पहिले स्थानीय बजारका सम्भावना र आवश्यकता पहिचान गरेर काम गर्नु आवश्यक छ। त्यसकारण उद्योग खोल्न प्रोत्साहन दिनुपर्छ। कर छुट र सहुलियत जस्ता सुविधा प्रदान गर्नुपर्छ।

नाडा अटो शोको प्रभाव बजारमा कस्तो छ ?

अटो शो केवल गाडी बेच्ने स्थान होइन। यसले सञ्चार माध्यम, विज्ञापन एजेन्सी, बीमा र अन्य रोजगारीसँग सम्बन्धित विभिन्न प्रणालीलाई सक्रिय बनाइरहेको हुन्छ।

मिसन वन डे टु पोलिसीको लक्ष्य पुरा गर्न सफल सिटिजन लाइफकी अभिकर्ता सिता

सम्पूर्ण इकोसिस्टमलाई नै यसले चलायमान बनाइरहेको हुन्छ। व्यापार र रोजगारी प्रवर्द्धनमा यसको भूमिका छ। त्यसैले आगामी दिनमा नाडा अटो शो अझ प्रभावकारी बनाउन सबैको सहभागिता र स्वामित्व आवश्यक छ।

नयाँ सरकारसँग ठूलो आशा : वित्तीय प्रणाली सुधार्न विज्ञको सुझाव

समग्रमा हेर्दा नेपालको अटोमोबाइल क्षेत्र महत्त्वपूर्ण ऐतिहासिक मोडमा उभिएको देखिन्छ, जहाँ विद्युतीय सवारी साधनतर्फको बढ्दो आकर्षणले नयाँ सम्भावना खोल्दै लगेको छ। तर, यसलाई दिगो र व्यवस्थित बनाउन नीतिगत स्पष्टता, पूर्वाधार विस्तार, वित्तीय पहुँच र बजार स्थायित्व जस्ता पक्षमा सुधार अपरिहार्य देखिन्छ।

यस्तो अवस्थामा सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच समन्वय र सहकार्य बलियो बनाउन सके मात्र अटो क्षेत्रले आर्थिक विकास, रोजगारी सिर्जना र हरित अर्थतन्त्र निर्माणमा अपेक्षित योगदान दिन सक्नेछ।