काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि सार्वजनिक निष्काशन गरेको शेयरमा आजसम्म मात्रै आवेदन दिन सकिने व्यवस्था गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँमध्ये ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर विशेष रूपमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओका लागि केयर रेटिङ्ग नेपालले इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इच्छुक स्थानीय लगानीकर्ताहरूले समयसीमा समाप्त हुनुअघि आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।







