काठमाडौं । नेकपा एमालेका जनसंगठनहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ । अहिले माइतीघर-बबरमहल क्षेत्र तनावग्रस्त बनेको छ ।
अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ ।






