काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहसँग परामर्शपछि बोर्डलाई यो आदेश दिइएको हो।

अब उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरी १ महिनाभित्र नतिजा सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिइएको छ। यस कदमले विद्यार्थीमा लामो समयसम्म तनाव हुने अवस्था घटाउने उद्देश्य राखेको मन्त्रालयले जनाएको छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले भने, “अहिले प्रविधि पहिलेभन्दा फरक छ। विद्यार्थीले तीन महिना कुर्नुपर्ने अवस्था किन ? यसले उनीहरूमा अत्यधिक तनाव ल्याउँछ। नतिजा अझ छिटो सार्वजनिक गर्न सकिन्छ।”