चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । आफ्नो माग पुरा नभएको भन्दै क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकायहरूमा अपुग शिक्षक र भएका शिक्षकहरू पनि अध्ययन बिदामा रहेकाले केन्द्रिय कलेज रामपुरमा कम्तीमा एउटा विभागमा ५ नियमित शिक्षक हुनुपर्ने लगायतका राखेर विद्यार्थीहरुले तालावन्दी गरेका हुन् ।

२ महिना अगाडि नै विभिन्न पाँच सुत्रिय माग पेश गरेर आन्दोलन गर्दै आएको तर प्रसासनले कुनै सुनुवाही नगरे पछि बाध्य भएर तालावन्दी गर्नु परेको गर्नुपरेको माओवादी निकट अखिल क्रान्तिकारीले बताएको छ। ।