काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत सदस्यमा १० जना निर्वाचित भएका छन् ।
सदस्यहरुमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका हुन् ।
त्यस्तै सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेको समान (५०–५० मत) आएको छ । उनीहरूबीच कार्यकालका लागि गोलाप्रथा गर्ने तयारी छ ।







