काठमाडौं। चेक अनादर सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत भक्तपुरको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको जनाएको छ।






