काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न समयमा कर्जामा लिइएका सवारी साधन तथा मालसामानहरु लिलाम गर्ने भएकाे छ । विभागले कब्जामा लिइएका सवारी साधनहरुलाई लिलाम गर्न १५ दिने सूचना तथा मालसामानलाई लिलाम गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।
विभागले विभिन्न तीन प्रकारका सवारी साधन लिलाम गर्न लागेको छ । जसमा न्यनतम मूल्य १ लाख ५० हजार ४ सय ८८ रुपैयाँ तोकिएको सन् २०२१ मा उत्पादित १४९. ५ सिसिको पल्सर बाइक रहेको छ । त्यस्तै, लिलाम हुने सन् २०१९ मा उत्पादन भएको जेनन योधा मोडलको पिकप भ्यानको न्युनतम मूल्य ७ लाख ९२ हजार ७७५ रुपैयाँ रहेको छ ।
विभागले एपिडि १५१२/४२ सिआरएक्स मोडलको सन् २०२१ मा उत्पादित ट्रक पनि लिलामका लागि राखेको छ, जसको न्यूनतम मूल्य १२ लाख ९४ हजार ६२५ रुपैयाँ तोकिएको छ ।
यी सवारी साधनहरु लिलाम बिक्रीका हुने भएकाले खरिद गर्न इच्छुकले सिलबन्दी बोलपत्र आगामी १५ दिनभित्रमा कार्यालय समयमा विभागमा पेश गर्न सकिनेछ ।
त्यस्तै, विभागले विभिन्न मालसामान पनि लिाम गर्ने ७ दिने सूचना निकालेको छ । जसमा मुल्य अभिवयत्ति करबाहेकको मूल्य ६ लाख ३० हजार तोकिएको २१ सय केजि युरीया मल, मूल्य अभिवृद्धि करबाहेकको मूल्य ६ लाख ३४ हजार ५ सय रुपैयाँ तोकिएको ४७० बोरा (२११५० केजि) युरिया मल, मूल्य अभिवृद्धि करबाहेकको मूल्य १२ लाख १५ हजार ९३० रुपैयाँ तोकिएको १२ सय सेट सोफा म्याट, ४ हजार ८२४ रुपैयाँ तोकिएको टप्स सेट १३०४ थान र १ थान लेडिज लेगिन्स, ११ लाख ५ हजार ३२३ रुपैयाँ मुल्य अभिवयत्ति करबाहेकको मूल्य तोकिएको आइफोन १४ प्रो म्याक्स २५६ जिबि ६ वटा र आइफोन १४ २३८ जिपि ५ वटा गरि ११ वटा आइफोन र ५२ लाख ८६ हजार ६ सय रुपैयाँ मूल्य अभिवयत्ति करबाहेकको मूल्य तोकिएको विभिन्न किसिमका कपडाहरु लिलामीका लागि राखिएको विभागले जनाएको छ ।
Notice_4_1691560514