काठमाडौँ । नेपालमा आयात र निर्यात दुवै वृद्धि भए पनि व्यापार घाटा झन् बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा देशले करिब १६ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढीका वस्तु आयात गरेको छ।
भन्सार विभागका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो। गत वर्षको समान अवधिमा १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो।
यसै अवधिमा निर्यात पनि १४.२५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तर आयातको तुलनामा निर्यात कम हुँदा व्यापार असन्तुलन कायम रहेको देखिन्छ।
वैदेशिक व्यापारको कुल आकार १९ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
भन्सार विभागका अनुसार यस अवधिमा डिजेल, पेट्रोल, एलपीजी ग्यास, सोयाबिन तेल, स्मार्टफोन र सुनजस्ता वस्तुहरू मुख्य रूपमा आयात भएका छन्।






