काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरेको छ।

इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका बरेङ गाउँपालिका ०१, बरेङ निवासी जीवन थापाको परिवारलाई बीमा गरे बापतको १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारीमा जानुअघि जीवन थापा ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेशिक रोजगारीमा गएको एक दशक पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् । सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक जीवन थापाको श्रीमती मनरुपा थापालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

थापा को ०८० श्रावण २ गते रोजगारकै सिलसिलामा मृत्यु भएको थियो । थापाको श्रीमती मनरुपाले भुक्तानी स्वरुप पाएको केही रकम पुन आफ्नो सन्तानको नाममा बीमा गराएकी छिन