काठमाडौं। वाराही हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाए लगत्तै हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ।

कम्पनीले बाग्लुङमा १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ असार २४ देखि व्यापारिक उत्पादन गर्दै आएको छ।

हकप्रद बिक्रीबाट संकलित रकम कम्पनीको ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत् आयोजना र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला क्यास्केड जलविद्युत् आयोजना निर्माणका लागि प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।