काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
जसमा हिमालयन एभरेष्ट इन्सुरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यसले सेयर धनीलाई गत वर्षको नाफाबाट वितरण गरेको ८.६३ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो।
त्यसै गरी, जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेको जानकारी छ । यसले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।
त्यस्तै युनाइटेड अजोड इन्सुरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यसले सेयर धनीलाई १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर सूचीकृत गरिएको हो।







