काठमाडौँ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

केहि समय अगाडि सकिएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले चौधरीलाई अध्यक्ष पदमा चयन गरेको थियो।चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

चौधरीले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगको भनाई छ । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम नमिलेको कारण अस्वीकार गरेको जानकारी दिएको छ ।