काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको समयावधिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को खुद नाफा बढेको छ।
यस अवधिमा एचआइडीसीएलले खुद नाफा ७.९२ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस अवधिमा यसले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा आम्दानी बढ्दा खुद नाफा बढेको हो ।
यस अवधिमा सञ्चालन आम्दानी ६२.६८ प्रतिशतले बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ। वित्तीय आम्दानी पनि १ अर्ब ५६ करोड रुपैयाँबाट बढाएर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले अन्य श्रोतबाट गर्ने आम्दानी पनि २० हजार रुपैयाँबाट बढाएर १ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म आइपुग्दा एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानी १७ पैसाले बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ ।






