काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अकंले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको छ । आइतबार ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ११ उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंकको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो। आर्थिक वर्षको बजेटको मुखमै शेयर बजार दोहोरो अकंले घट्न गएको छ ।

पुँजी बजारका लगानीकर्ताले बजेट मार्फत आफ्ना माग सम्बोधन हुने अपेक्षा राखेका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार चलायमान बनाउने आश्वासन दिँदै आइरहेका छन् । उनले बजार सुधारका लागि सुझाव समेत माग गरेका थिए ।