काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल अगाडि बढाउने भएको छ ।

उक्त विषयमा छलफलका लागि शुक्रवार सिंहदरबारस्थित समितिको सभाकक्षमा  ४ मन्त्रीलाई बोलाएको छ । छलफलका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेकाले छलफल हुन लागेको हो । कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवालालाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो।