काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाले घटेको सुनको मूल्य आज सामान्य अंकले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढे्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ।






