काठमाडौँ। आफ्ना ग्राहकलाई सिद्धार्थ बैंक लिमिटेडले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ।

एक सूचना जारी गर्दै बैंकले आफ्ना ग्राहकहरूको निक्षेप खाताबाट गरिएको कर कट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर लिएका ग्राहकहरूलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमार्फत वा आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गराउन सक्ने सूचनामा उल्लेख गरेको छ ।

स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात् ग्राहकहरूको कर कट्टी विवरण९ई–टीडीएस०नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा कर कट्टी विवरणको मिलान गर्ने हुँदा कर कट्टी प्रमाणपत्र आफैले सहजै प्राप्त गर्न सकिने बैंकको सूचना भनिएको छ ।