काठमाडौं। अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ।
यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा नोक्सानी घटेको हो ।
कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । हालसम्म कम्पनीको लङ ट्रम लोन १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ भन्दा धेरै छ ।







