काठमाडौँ। वाराही हाइड्रोपावर पब्लिक लिमिटेड आज गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले उक्त अवधिमा १ करोड ८७ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत् बिक्रीमार्फत २ करोड ६१ लाख र अन्य आम्दानी २५ हजार ३५७ सय रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै कम्पनीले यो अवधिसम्म २७ लाख ११ हजार रुपैयाँ प्रशासनिक खर्च र ६४ लाख २३ हजार रुपैयाँ बराबरको सञ्चालन खर्च गरेको छ । कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार १० करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ६३ लाख र कुल चालु दायित्व ३ करोड ८१ लाख रुपैयाँ छ ।






