काठमाडौं । नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले ” आइएमई पे डिजिटल दशैँ तिहार २०८१ ” योजना सार्वजनिक गरेको छ। असोज १७ गते देखि कार्तिक २२ गते सम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहिहरुले आइएमई पे मार्फत गर्ने करोवारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन्।

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ। साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यि पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन्।

डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन योजनालाई थप परिस्कृत गर्दै आइएमई पे मार्फत गरिने बिभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ।

पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक संजाल मार्फत हुनेछ। दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नुहुनेछ। पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतस् आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने हुनेछ । यस अभियान सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुनेछ।

यस अभियान सम्बन्धी अन्य जानकारी लिन तथा आइएमई पेको सामाजिक संजालमा चलिरहेको ह्यासट्याग अभियान मार्फत अतिरिक्त पुरस्कारहरु जित्नको लागि आइएमई पेको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा जान सकिन्छ।

आइएमई पे को बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।