काठमाडौं । बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार आज ३५.३७ अंकले घटेर २१५०.९९ को बिन्दुमा कायम भएको छ । २८० सूचीकृत कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज कुल ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन लाइफको सर्वाधिक शेयर खरिदबिक्रि भएको छ । कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ । त्यस्तै, शिवम् सिमेन्टस्को शेयर पनि आज सर्वाधिक खरिदबिक्रि भएको छ ।

सोल्टि होटल, एशियन लाइफ, आइएमई प्रुडेन्सियल इन्स्योरेन्स, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन डिष्टलरी, नागरिक लगानी कोष, नेपाल लाइफ र सूर्या ज्योति लाइफको आज सर्वाधिक शेयर खरिदबिक्रि भएको छ ।

बुधबार शेयर बजार घटेपनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै बुधबार इङ्वा हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.६४ प्रतिशतले घटेर २९४ रुपैयाँमा कारोबार भएको छ ।