काठमाडौँ । कक्षा-१२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको निर्णयअनुसार परीक्षा नतिजा सार्वजनिक गरेको हो।

परीक्षा बोर्डका अनुसार परीक्षार्थी सङ्ख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्।

२ जनाको परीक्षाफल रद्द गरिएको र ३ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८१ साल भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन भएको थियो।