काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ। कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।