काठमाडौँ । मंसिर महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

भन्सार विभागका अनुसार मंसिर महिनामा मात्रै यूएई जानका लागि सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैदेशिक रोजगारीको खोजीमा यूएईकालागि २४ हजार ७६९ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै साउदी अरेबियाका लागि १८ हजार ११८, कतारका लागि १४ हजार ८४४, कुवेतका लागि ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा कुल ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए ।

यस आधारमा कात्तिक महिनाको तुलनामा मंसिर महिनामा झन्डै १४ हजार जनाभन्दा बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् ।