काठमाडौँ। सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता सुविधायुक्त रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउनुको साथै साथै धुलाइको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन सुविधाले उपयुक्त धुलाइ हुने कम्पनीको दाबी छ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सकिने कम्पनीले जनाएको छ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

१२ केजी लाइन-अप दुई वटा फरक मोडलहरूमा उपलब्ध छ, डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ। यस वाशिंग मेसिनलाई सामसङ कन्ज्युमर इलेकट्रोनिक्सको आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभरि उपलब्ध गराइएको हो ।







