काठमाडौँ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड २८ लाख रुपैयाँ घाटा भएको छ। यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो।

कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड १३ लाख रुपैयाँ घाटामा थियो। समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ। कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आवको पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँले धनात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक बनेको छ। कम्पनीको कर्मचारीका लागि ३ करोड २९ लाख र १ करोड ६३ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ।

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँ रहेको छ । २ अर्ब ५८ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

कम्पनीको खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ ।