काठमाडौँ । समृद्धि फाइनान्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ११ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीको संस्थापक समूहको ११ लाख ३५ हजार १६१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद गर्न पाउने भएका छन् ।
शेयर खरिदकाका लागि ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले यो अवधिभित्र कम्पनीको कार्यालयमा निवेदन दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयर धनीहरूबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।