काठमाडौं । समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले क्रेडिट अफिसर, बिजनेश अफिसर, क्रेडिट सुपरभाइजर र ट्रेनी असिस्टेन्ट पदमा १–१ जना कर्मचारी माग गरेको हो ।

क्रेडिट अफिसरका लागि म्यानेजमेन्ट तथा अर्थशास्त्र विषयबाट ब्याचलर डिग्री गरेको तथा सो सम्बन्धी कार्यमा २ वर्षको अनुभव भएको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । बिजेनश अफिसरका लागि पनि शैक्षिक योग्यता र उमेरहद लागू हुनेछ भने मार्केटिङ तथा सो सम्बन्धी क्षेत्रमा १ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

क्रेडिट सुपरभाइजरका लागि पनि माथि उल्लेखित शैक्षिक योग्यता र १८ उमेर पुरा भई ३५ नकटेका व्यक्ति र सम्बन्धित कार्यमा १ सालको कार्यानुभव भएको हुनुपर्ने छ । ट्रेनी असिस्टेन्टका लागि माथि उल्लेखित विषयबाट १२ उत्तीर्ण गरेको, १८ उमेर पुरा भई ३५ नकटेको र अङ्ग्रेजि तथा नेपाली भाषाबाट कम्युनिकेशन स्किल आदि राम्रो भएको व्यक्तिले आवेदन दिन सक्नेछन ।

कम्पनीका अनुसार आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आफ्नो वैयक्तिक विवरणसहित अन्य आवश्यक कागजात जम्मा गरी कम्पनीको इमेल [email protected]. मा भदौ ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।