काठमाडौं । सेनाका पूर्वक्याप्टेनसहित विभिन्न पार्टीका नेताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ सहित नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोतीलगायतका नेताहरु आज माओवादीमा प्रवेश गरेका हुन् ।

चितवनमा आयोजना गरिएको एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिएका छन् । पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको उनको भनाई छ ।