काठमाडौं । आज माघ ९ गते बुधबारका दिन नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्दैछ। तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले माघ २८ गते होटल भिष्वा, बीरगंजमा बिहान ९ बजेका लागि वार्षिक साधारण सभा बोलाएको छ।







