काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन नेपाल लाइफ इन्सुरेन्सले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ११.०६ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ६०.५८ प्रतिशतले बढेर ६५ करोड २३ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको छ ।

गत वर्ष कम्पनीले लगानी तथा कर्जाबाट ४० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, यसको कुल दाबी भुक्तानी रकम पनि १ अर्ब १५ करोड २८ लाख रुपैयाँबाट घटेर ८५ करोड ३४ लाख रुपैयाँमा आएको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यसको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ । सन नेपालको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ । चैत मसान्तसम्म यसले २ अर्ब ४९ करोड रुपैयाँ बढी खुद बिमा शुल्क आर्जन गरेको छ ।

यो गत वर्षको भन्दा ०.९८ प्रतिशतले थोरै हो । यता, चुक्ता पुँजीमा उच्च वृद्धि हुँदा यसको प्रतिसेयर आम्दानी भने ५.८९ रुपैयाँले घटेर २०.५७ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ भने १९४.११ रुपैयाँ रहेको छ ।