काठममाडौं । नेपाल लाइफ इन्सुरेन्सले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पश्चात सार्वजनिक गरिएको बोनस दर हालसम्मकै सर्वाधिक प्रतिवर्ष प्रतिहजार ८५ रुपैयाँ अधिकतम् बोनसदर निर्धारण गरिएको छ । गत वर्ष अधिकतम् ८२ रुपैयाँ बोनसदर सार्वजनिक गरेको नेपाल लाइफले यस वर्ष बृद्धि गरी ८५ पुर्याएको छ ।
कम्पनीले जीवन सारथी जीवन बीमा पोलिसीको २६ वर्षभन्दा बढि समयका बीमा पोलिसीको बोनसदर ८५ रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष ८२ रुपैयाँ रहेकोमा यसवर्ष बृद्धि गरेको छ । त्यस्तै, सबैभन्दा कम अग्रिम भुक्तानी बीमा पोलिसीमा ५० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस निर्धारण गरिएको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख नौलो सुरक्षित र नौलो केटाकेटी बीमालेखको बोनसदर न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै,
सावधिक जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार अधिकतम् ८२ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनसदर तोकिएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार सावधिक जीवन बीमा पोलिसी अन्तर्गतकै जीवन समुन्नतका बीमितले न्यूनतम् ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सोही विधाको जीवन साहारा बीमा पोलिसीमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा सबै अवधीका लागि ५० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस निर्धारण गरेको छ । त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेखकै धनवर्ष १५ वर्ष, धनवर्षा २० वर्ष, नौलो जीवन समृद्धि, नौलोधन वर्षा, जीवन उन्नती, छोराछोरी सदाबहार जीवन बीमा पोलिसीहरुमा समान ५० रुपैयाँ बोनस दर दिने भएको छ ।
त्यस्तै, जीवन सारथी बीमा पोलिसीमा न्यूनतम ६२ रुपैयाँदेखि ८५ रुपैयाँ बोनसदर पाइने भएको छ । कम्पनीको बोनसदर बीमा अवधीभन्दा पहिले नै बीमाङ्क रकम अग्रिम भुक्तानी गरिने बीमा पोलिसीको बोनसदर ५६ रुपैयाँबाट ५० रुपैयाँमा झारिएको छ ।








