काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडल (एलआईसी)को नाफामा बढोत्तरी भएको छ । कम्पनीको बीमाशुल्क आर्जन बढेसँगै नाफामा सुधार आएको हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १४ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३ दशमलव ८१ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ।अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको जीवन बीमा कोष १ खर्ब २७ अर्ब २७ करोड रुपैैयाँ पुगेको छ। कोषमा गत आवमा १ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी भने १५ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ।
समिक्षा अवधिमा कम्पनीको शेयर प्रिमियम ६ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड रुपैयाँ र महाविपत्ति कोषमा ५८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।







