काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।