काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज सर्वसाधारण समूहको लागि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
यसअघि कम्पनीले २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।