काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आजदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ।
जस अनुसार कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो। यस लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ।
यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ। आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म रहेको छ ।
कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो।सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ। साथै, नेको इन्सुरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्कीलगायतका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।