काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

हिजो एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको सुनको मुल्य आज दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले गिरावट आएको छ ।

हिजो एक हजार ९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।