काठमाडौं। नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन् । आइतबार विशेष अदालतले निवर्तमान अध्यक्ष सिलवाललाई सफाइ दिएको हो । अख्तियार अनुसन्धान आयोगले नागरिकतामा जन्म मिति सच्याएर पद लम्ब्याएको उनीमाथि आरोप लगाएको थियो । सोही आरोपविरुद्ध फैसला गर्दै विशेष अदालतले उनलाई निर्दोष साबित गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि प्राधिकरणको अध्यक्षबाट स्वतस् सिलवाल निलम्वनमा परेका थिए । अहिले बिमा प्राधिकरणमा नयाँ अध्यक्षको नियुक्तिसमेत भइसकेको छ । अदालतले निर्दोष साबित गरेको फैसला सुनाएपछि सिलवालले आर्थिक भ्वाइससँग कुरा गर्दै न्याय पाएको बताएका छन् ।