काठमाडौँ। आगामी नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई नेकपा माओवादी केन्द्रले दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले उक्त निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

साथै बैंठकले शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरूसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय गरेको जनाएको छ ।

त्यस्तै, जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापन गर्ने लगायतको निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।