काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताहरुले उक्त लाभांश पाउने छन् ।