काठमाडौँ । आज जेठ २५ गते आइतबारका दिन रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यस इन्सुरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ २६ गते अर्थात् भोली बुक क्लोज गर्दै छ। तसर्थ, जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

यस कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्दै छ। उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको आठौँ वार्षिक साधारण सभा असार २ गते बस्दैछ।

सभा, आम्रपाली ब्यांक्वेट ब्यांक्वेट, भाटभटेनी काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन विषयमा पनि छलफल हुनेछ ।