काठमाडौँ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपमा बजेट गुणात्मक रूपमा बढेको  बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट जनमुखी आएको दाबी गरेका छन् । साथै, योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले बजेट कार्यान्वयनमा रिफर्म गर्ने क्रम रहेको बताएका छन् ।

यो बजेटले निजी क्षेत्रलाई प्रेरित गरेको, विदेशमा रहेर लगानी गरौँ–गरौँ भनेर बसेकालाई बजेट निकै राम्रो रहेको छ । अधिकारीले भने । अन्तर मन्त्रालय समन्वय गर्ने र बजेट कार्यान्वयनमा काम गर्ने उनको भनाई छ ।

रामेश्वर खनाल आयोगको सुझाव कार्यान्वयन गर्न वृद्ध भत्ता ७० वर्ष गरेको बताए । उक्त सुझाव आयोगले दिएको धेरै सुझाव बजेटमा समावेश रहेको बताए । मन्त्री पौडेलले आयोगले दिएको सुझाव क्रमशः कार्यान्वयन गरिने बताए ।

साथै, निर्यात अनुदानमा घाँटी हेरेर हाड निल्ने अवस्थामा रहेको बताए । नेपालमा कुन–कुन समयमा के–के भयो, कुन बजेटले के गर्‍यो भनेर फ्ल्यास ब्याक भयो भने देखिन्छ । ईभीमा बजेटले गरेको निर्णयप्रति गर्भ गर्ने धारणा राखेका छन् ।