काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् इन्स्योरेन्सको शेयर मूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार, दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा कायम भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।







