काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
फाइनान्स कम्पनीले चौथो त्रैमाससम्म ३.१९ करोड नाफा कमाउन सफल भएको छ। यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ। कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ।
साथै, कम्पनीले निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको। अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ। प्रति सेयर आम्दानी ३.९० रहेको छ।







