काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आवको चैत मसान्तसम्म ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२९ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले समिक्षा अवधिसम्म ७ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा २६.५३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६ अर्ब १९ करोड २५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

साथै, कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ३८.१३ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ६३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो।

कम्पनीको कुल खर्च ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको तुलनामा ३४.३५ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल खर्च ५ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।

१३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ५.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.१५ रुपैयाँ र पीई रेसियो २३९.१५ गुणा रहेको छ।