काठमाण्डौ। नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यस सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।