काठमाडौं । राष्ट्र बैंकले ब्याजदर सम्बन्धि नीति परिवर्तन गरेको छ । मौद्रिक नीति समिक्षा मार्फत संस्थागत र व्यक्तिगत निक्षेपकर्तालाई समान ब्याजदर नाएको हो ।
समिक्षामा, ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ ।’ भनि उल्लेख छ ।
निक्षेपको ब्याजदर घट्दै जादाँ संस्थागत लगानीकर्ताहरुलाई निकै कम मात्र ब्याजदर दिनुपर्ने अवस्थामा बैंकहरु पुगेका थिए । अब सो व्यवस्था परिमार्जन भएको छ । यसअघि संस्थागत लगानीकर्ता भन्दा व्यक्तिगत लगानीकर्ताले १ प्रतिशत बढि ब्याजदर प्राप्त गर्दै आएका थिए ।







