काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले हालको चुक्तापुँजीका आधारमा १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न एनआईसी एशिया क्यापिटल लाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको जनाएको हो।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच आवश्यक सम्झौता सम्पन्न भइसकेको छ।

यसअघि पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेको थियो।